Hello World

सानो React उदाह्रण यस्तो देखिन्छ :

ReactDOM.render(
  <h1>Hello, world!</h1>,
  document.getElementById('root')
);

यस्ले पेजमा “Hello, world!” शिर्षक प्रद्शर्न गर्छ ।

Try it on CodePen

माथी को लिन्क क्लिक गरी अन्लाईन सम्पादन गर्नुस । केहि परिवर्तन स्वतन्त्र रुपले गरेर, कसरी तिनीहरूले आउटपुट असर पर्छ हेर्नुस । यस गाइडमा प्राय पृष्ठहरू यस प्रकारको सम्पादनयोग्य उदाहरणहरू हुनेछन् ।

यो गाइड कसरी पढ्ने

यस गाईडमा, हामी React apps निर्माण ब्लकहरू जाँच गर्नेछौं: elements and components. एकचोटी तपाईं तिनिहरुमा मास्टर भएपछी, तपाईं साना पुन: प्रयोगयोग्य टुक्राहरूबाट जटिल apps सिर्जना गर्न सक्नुहुनेछ।.

टिप

यो गाईड व्यक्तिहरूको लागि डिजाईन गरीएको छ जसले step by step अवधारणाहरू सिक्न खोज्छ. यदि तपाईं गरेर सिक्न चाहानुहुन्छ भने, हाम्रो जाँच गर्नुहोस् व्यावहारिक tutorial. तपाइँ यो गाइड र tutorial एक अर्को को पूरक पाउन सक्नुहुन्छ ।

मुख्य React अवधारणाहरूको बारेमा चरण-देखि-चरण गाईडमा यो पहिलो अध्याय हो. तपाईंले नेभिगेशन साइडबारमा यसको सबै अध्यायहरूको सूची फेला पार्न सक्नुहुनेछ । यदि तपाईं मोबाइलबाट यो पढ्दै हुनुहुन्छ भने, तपाईंले आफ्नो स्क्रिनको तल दायाँ कुनामा बटन थिचेर नेभिगेसन पहुँच गर्न सक्नुहुनेछ ।

यस गाइडको प्रत्येक अध्यायले अघिल्लो अध्यायको ज्ञानमा आधारित छ । तपाईले प्राय: React “मुख्य अवधारणाहरूको” गाईड अध्यायहरू साइडबारमा देखा पर्ने क्रममा पढेर सिक्न सक्नुहुन्छ । उदाहरणको लागी , “JSX परिचय दिदै” यस पछि अर्को अध्याय हो.

ज्ञान स्तर अनुमानहरू

React JavaScript Library हो, र त्यसैले हामी यो मान्दछौं कि तपाइँसँग JavaScript भाषाको आधारभूत ज्ञान छ. यदि तपाईं धेरै आत्मविश्वास महसुस गर्नुहुन्न भने, हामी तपाईंलाई JavaScript ट्यूटोरियलमा जानको लागि सिफारिश गर्दछौं, तपाईंको ज्ञान स्तर जाँच गर्न र तपाईंलाई यो गाइड पछ्याउन सजिलो हुन्छ । तपाईंलाई १ घण्टा र ३० मिनेट सम्म लाग्न सक्छ, तर नतीजाको रूपमा तपाईले React र JavaScript दुबै एकै समयमा सिक्दै हुनुहुन्छ जस्तो महसुस गर्न आवश्यक छैन ।

नोट

यस गाइडले कहिलेकाँही उदाहरणहरूमा नयाँ JavaScript वाक्य संरचना प्रयोग गर्दछ । यदि तपाईंले JavaScript का साथ पछिल्ला केही बर्षहरूमा काम गर्नुभएको छैन भने, यी तीन बिन्दुहरूले तपाईंलाई सबैभन्दा धेरै मार्गमा सहयोग गर्छ्न ।

सुरु गरौं!

तल Scrolling गरी राख्नुहोस्, र तपाईं यस वेबसाइटको फुटरमा यस गाइडको अर्को अध्यायको लिंक फेला पार्नुहुनेछ ।

Is this page useful?Edit this page